बृक्षारोपण गरी क्षेत्र नं. ५ प्रदेश सभा ‘क’मा सुरु गरियो नेपाली कांग्रेसको जागरण अभियान

प्रकाशित मिति:

कञ्चन – “हिमाल पहाड तराई मधेश,नेपाली कांग्रेस” भन्ने मुल नारा सहित नेपाली कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियान जिल्लाका बिभिन्न क्षेत्रहरुमा बिबिध कार्यक्रम गरी शुरु भएको छ ।यसैक्रममा नेपाली कांगेस रुपन्देही क्षेत्र नं. ५ प्रदेश सभा क को आयेजनामा १०६ औं बिपि जयन्तीको शुभ अवसरमा बृक्षारोपण गरी अभियानको शुरुवात गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधी मुकुल आचार्यको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको कार्यक्रममा आचार्यले बिपिको १०६ औं जन्म जयन्तीको अवसरमा १०६ वटा बिरुवाको बृक्षरोपण उदघाटन गरी रुपन्देही जिल्लामा नेपाली कांग्रेसको जागरण अभियानको शुरुवात गर्नु भएको छ।

जागरण अभियानको शुभारम्भ गर्दै मुकुल आचार्यले देशमा कम्युनिक्ष्टको सरकार आएपछि आकाहै उल्टिने गरी नै परिबर्तन हुन्छ,हरेकले रोजगारी पाउछन घर घरमा बृद्धभत्ता पु¥याउछ र देशमा आमुल परिबर्तनको महसुस हुनेगरी समृद्धि आउछ भनेका थिए तर तयसको ठिक उल्टो देशमा महंगी भ्रष्टचार र अनियमित भैरहेकोले नेकपाको सरकार जनबिरोधी साबित भएको बताउनु भएको छ।आफ्ना कार्यकर्ताहरुलाइ सम्बोधन गर्दै वहाले भन्नु भयो अव कांग्रेस हरेक गाउ र टोलहरुमा नया उभार र उत्साह सहित आउने छ हरेक जनतालाई कांग्रेस प्रतिको गलत सोंचलाई परिबर्तन गर्नेछ र आगामी चुनावमा अत्याधिक मतका साथ ठूलो पार्टी बन्ने छ तर त्यसका लागि कार्यकर्ताहरुले आ—आफ्नो क्षेत्रमा सक्रिय पुर्वक जागरण अभियानमा लाग्नु पर्नेमा जोड दिनु भयो ।

रुपन्देही जिल्ला क्षेत्र नं. ५ प्रदेश सभा कका सभापति राम बहादुर थापाको अध्यक्षतामा शुरु भएको जागरण अभियानमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का सभापति ओसिउल्लाह मुसलमान र नेपाल महिला संघ रुपन्देही जिल्ला समितिका सदस्य तुल्सा भुषालले समेत कांग्रेस भित्रको एकतालाई मजबुत बनाएर जानको लागि सबै सक्रिय र एक भएर लाग्नु पर्ने बताउनु भएको ।नेपाली कांग्रेस क्षेत्रिय सहसचिव पारस पाण्डेको संचालन र नेपाली कांग्रेस कञ्चन गाउ कार्य समितिका सभापति यम बहादुर क्षेत्रीको स्वागतमा शुभारम्भ भएको जागरण अभियानमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा बिपिको १०६ औं जन्म जयन्तीको अवसरमा बृक्षारोपण कार्यक्रम समेत गरिएको थियो ।