प्रकाश खनाल बुटवल,५ भदौं । नागरिक समाज रुपन्देही अन्तर्गत क्षेत्रीय समिति र बुटवल उपमहानगर समिति गठन भएको छ ।
मंगलबार बुटवलमा सम्पन्न नागरीक भेलाले शान्ताराम गिरीको अध्यक्षतामा रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय समिति र नरेन्द्र दर्जीको अध्यक्षतामा बुटवल उपमहानगर समिति गठन गरेको हो ।
क्षेत्रीय समितिको उपाध्यक्षमा रुद्रलाल उपाध्याय,सचिवमा राजेन्द्र पाण्डे,सह सचिवमा रमा केसी,कोषाध्यक्षमा शान्ति देवी गिरी रहेका छन् ।
समितिको सदस्यहरुमा कृष्ण प्रसाद भुसाल,वसन्ता खनाल,तुल्सी भुसाल,राम बहादुर खड्का,सेर बहादुर पाण्डे,खड्क बहादुर क्षेत्री,घनश्याम ज्ञवाली,बद्री प्रसाद थैव,जुद्ध बहादुर बिक,ढाल बहादुर कार्की,नर प्रसाद खनाल,डवल विसी रहेका छन् ।
समाजको बुटवल उप महानगर समितिको उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ,सचिवमा खगेन्द्र पौडेल,सह सचिवमा हेम बहादुर पछाई,कोषाध्यक्षमा निरु थापा रहेका छन् ।
समितिको सदस्यहरुमा विजयरत्न शाक्य,कुमार पहाडी,आनन्द भगत,खेमराज पाठक,गौतम कालीराज,चुरामणी पौडेल,सिता बस्नेत क्षेत्री,राम बहादुर थापा,अर्जुन घिमिरे,निर्मला सुनार,श्याम पाठक,रुद्र बहादुर ज्ञवाली,लोकनाथ न्यौपाने,नरु थापा,तिल बहादुर क्षेत्री,विजय गुप्ता रहेका छन् ।
नागरीक समाज रुपन्देहीका अध्यक्ष रेशम केसीको सभापतित्व र पुर्व मन्त्री प्रकाश चित्रकारको प्रमुख आतिथ्यतामा सम्पन्न नागरीक भेलामा बोल्दै प्रमुख अतिथि चित्रकारले नागरीक समाज विशुद्ध समाज सेवामा समर्पीत संस्था भएकोले सोही अनुरुपको आचरण र व्यवहार गर्नुपर्नेमा जोड दिए ।
उनले नागरीक समाजमा आवद्ध व्यक्ति जुनसुकै राजनीतिक दलमा आस्थावान भए पनि यस भित्र प्रवेश गर्दा राजनीतिक जुत्ता बाहीरै राखेर भित्र छिर्नुपर्ने आवस्यकता औल्याए ।
कार्यक्रममा नागरीक समाज रुपन्देहीका विशिष्ठ सल्लाहकार शक्ति सापकोटाले नागरीक समाजको दायित्व आम नागरीकका समस्या समाधानका लागि सम्बन्धीत निकायसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने रहेको बताउदै सोही अनुरुप नागरीकको सेवामा समर्पीत हुन नव निर्वाचीत पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गरे ।
नागरीक सामाज रुपन्देहीका प्रमुख सल्लाहकार ज्ञानदेव हटुवालले वर्तमान अवस्थामा नागरीक समाजको जिम्मेवारी र भुमिका बढेर गएको भन्दै समाजले आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्दा कसैको दवाव र प्रभावमा पर्न नहुने विचार व्यक्त गरे ।
कार्यक्रममा समाजका जिल्ला उपाध्यक्ष श्रीराम गुप्ता,सह सचिव वावुलाल यादव लगायतले नागरीक समाज रुपन्देहीले यस अघि गरेका गतिबिधिहरुबारे जानकारी गराउदै आगामि दिनमा अझै धेरै काम गर्नुपर्ने जिम्मेवारी आएको बताए ।












