रामेछाप/ जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदी माथि हिजो साँझ साडे आठ बजे आफ्नै निवासमा सुतिरहेको बेलामा छुरा प्रहार भएको छ । अज्ञात समूहले मन्थली १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा सो घटना भएको हो । सुवेदीको पेटमा छुरा प्रहार भएको छ । तत्कालै उद्दार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएका सुवेदीलाइ त्याहाँ प्राथमिक उपचार पछि धुलिखेल अस्पताल पठाइएको र सो अस्पतालमा रातिनै शल्यक्रिया सम्पन्न भएको पारिवारिक स्रोतले जनाएको छ । अस्पतालले आन्द्रा काटिएको जनाएको छन । अस्पतालका अनुसार उनी खतरामुक्त छन् ।
परिवार सहित घरमा बसिरहेका सुवेदी माथि मुखमा माक्स लगाएर आएको व्यक्तिले उनलाइ छुरा प्रहार भएको जनाइएको छ । छुरा प्रहार गर्ने व्याक्तिको खोजी भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।












