इन्टलेक्च्युअलमा बाल दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल – स्ुनिश्चित बाल अधिकार, समृद्घ नेपालको आधार भन्ने मुल नारा सहित इन्टलेक्च्युअल एकेडेमी बुटवल ११ कालिकानगरमा विद्यार्थीहरुले विभिन्न कार्यक्रम गरि बालदिवस मनाएका छन् । इन्टलेक्च्युअल बालक्लबको आयोजनामा आयोजित उक्त कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले विभिन्न कविता, गित नाटक प्रस्तुत गरेका थिए ।

बालक्लवका अध्यक्ष बबि गुरु¨को अध्यक्षता र सिन्थ्या पाण्डे मगरको संचालनमा भएको कार्यक्रममा कक्षा ९ को छात्रा एन्जीला पोख्रेलले बाल शोषण सम्बन्धी कविता, कक्षा ६ का विद्यार्थीको समुहले गित, कक्षा ७ का विद्यार्थीले बाल अधिकार, कक्षा ८ का विद्यार्थीले लागु औषधमा बालबालिकाको प्रयोग र कक्षा ९ का विद्यार्थीको समुहले बालश्रम सम्बन्धी नाटक प्रस्तुत गरेका थिए । सो कार्यक्रममा विद्यार्थीहरु सिमरन थापा, निरुता पाण्डे, सरिता खत्री, सावित्रा दर्लामी, शैली देवकोटा, दिपेन्द« थापा, हर्षित थापा लगाएतले बाल अधिकारका वारेमा मन्तव्य राखेका थिए ।