पाल्पा – पाल्पाको रामपुर नगरपालिका वडा नं. १० हेक्लाङ्गमा छोरो गुमाएको शोकमा एक बृद्ध बुवाले आत्महत्या गरेका छन् । तिन दिन अगाडी पाल्पा तानसेनमा प्राध्यापनरत तथा अन्य विभिन्न सेवामा रहि काम गर्दै आएका कृष्ण प्रसाद तिमिल्सिनाकाे हृदयघातबाट निधन भएकाे पिडा सहन नसकि उनका बृद्ध वावुले आत्महत्या गरेका छन् । घरसँगै रहेको लिचिको रुखमा झुण्डीएर विहान तीन बजेतिर उनले आत्महत्या गरेकाे स्थानियले बताएका छन् । तीन दिनको अन्तरमा बाबु र छोराको निधन भएपछि अहिले गाँउ पुरै शोकमग्न भएको छ ।
पाल्पा सदरमुकाम तान्सेनको बारुदखानमा रहेको आफ्नै निवासमा हृदयघातका कारण ४० बर्षिय कृष्णको निधनपछि शोकाकुल ६५ बर्षिय बुवा भिमराज तिमिल्सीनाले आत्महत्या गरेका छन् । गाउँमै बसेर मेहनेती कृषि पेशा गर्दै आएका भिमराजले पहिलेदेखि नै छोरा कृष्णप्रति गौरब र सन्तुष्टी व्यक्त गर्दथे । तर त्यही छोरोको निधन भएपछि निराश भएका उनले आत्महत्या गरेका छन् ।
उनका छोरा कृष्ण पाल्पामा रहेको त्रिभुवन बहुमखी क्याम्पसमा गणित विषय प्राध्यापन साथै पाल्पाकाे शुर्योदय टेलिभिजनको अध्यक्ष हुनुका साथै तान्सनेस्थीत मिसन अस्पतालको नसिङ्ग कलेज, मेलेनियम कलेज लगायतका संघ संस्थामा आवद्ध थिए । तानसेनमा श्रीमतीसँगै बस्दै आएका तिमिल्सीना पाल्पामा मिलनसार र मेहनेती आशा लाग्दा सामाजिक तथा बौद्धिक युवाका रुपमा चिनिन्थे उनकी आमा अशक्त हुनुहुन्छ भने भाईबहिनीहरु परिवारसहित छन् ।









