डण्डा खोलामा झोलुङ्गे पुलको एक कार्यक्रमका बिच शिलान्यास

प्रकाशित मिति:

कावासोती- नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं. १७ स्थित डण्डा खोलामा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । डण्डाखोलामा निर्माण गर्न लागीएको झोलुङ्गेपुलको आज संघीय सासद तिलक महत र गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामिछानेले सयुक्त रुपमा शिलान्यास गरेका हुन् । झोलुङ्गेपुल निर्माणमा २ प्रतिशत स्थानीय जनश्रम, ६ प्रतिशत स्थानिय सरकार कावासोती नगरपालिका र बाकि प्रदेश सरकारले लगानी गर्ने भएको छ । ५३ मिटर लम्वाईको रहने उक्त पुलको निर्माण गर्ने जिम्मेवारी हिकोडेफ निर्माण कम्पनीले लिएको छ।

कुल ४२ लाखको लागतमा निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै कार्यक्रममा संधिय सासद तिलक महतले ग्रामीण क्षेत्रको विकासमा संधिय सरकार लागी परेको भन्दै ग्रामीण क्षेत्रको विकासबाट मात्र समृद्ध नेपाल सुखी नेपालीको सरकारको निती सफल हुने विश्वास व्यक्त गरे। त्यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामिछानेले गण्डकी प्रदेश सरकारले नवलपुर जिल्लालाई विशेष विकासको योजनाबाट ल्याएको बताउदै पुलको निमार्णले समेत समृद्धिको यात्रामा सहयोग पुर्याउने बताए। पुलबाट कावासोतीका वासिन्दा लगायत खोला वारी पारीका वासिन्दाहरु लाभान्वित हुने जनाईएको छ।