संविधान दिवसका अवसरमा आँधीखोलामा साहसिक जलयात्रा हुने

प्रकाशित मिति:

कला राना / वालिङ – वण्डरफूल वालिङ पर्यटन विकास संस्था वालिङले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा यही अशोज ३ र ४ गते आँधीखोलामा साहसिक जलयात्रा गर्ने भएको छ । आँधीखोलामा समेत जलयात्रा ¥याफ्टिङको संभावना रहेकाले पर्यटन प्रर्वद्धनका लागी वण्डरफूल वालिङले गतवर्ष समेत ¥याफ्टिङ गरेको थियो । संस्थाका कार्यबहाक अध्यक्ष आशिषप्रताप खांणका अनुसार संविधान दिवसका अवसरमा दुईदिन ¥याफ्टिङको आयोजना गरिएको हो । अन्तराष्ट्रिय साईकिलिङको आयोजना गरिसकेको संस्थाले श्रवणकुमार र उनका अन्धाअन्धी बुवाआमासंग प्रत्यक्ष जोडिएको आँधीखोलामा समेत पर्यटकलाई जलयात्रा गराउन सकिन्छ भन्ने सन्देश पर्यटकमाँझ पु¥याउन गतवर्षबाट ¥याफ्टिङको आयोजना गर्दै आईरहेको छ ।

कार्यक्रमका बारेमा जानकारी दिन बुधबार वालिङ नगरपालिका हलमा गरिएको पत्रकार सम्मेलनमा कार्यबहाक अध्यक्ष खांणले भन्नुभयो,“चाडपर्वलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सार्वजानिक गरेका छौँ । धार्मिक, तथा सांस्कृतिक महत्व रहेको वालिङका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा प्रर्वद्धन गर्ने संस्थाको उद्देश्य हो ।” खांणका अनुसार जलयात्रासंगै सांगितिक कार्यक्रम र वण्डरफूल वालिङ मोटरसाईकल ¥याली हुनेछ । कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले भिजिट नेपाल ट्वान्टी ट्वान्टीका लागी वण्डरफूलको कार्यक्रमहरु निकै राम्रो रहेको भन्दै कार्तिकमा गरिने बाईक ¥यालीमा वण्डरफूलको आयोजना र वालिङ नगरपालिका र गण्डकी प्रदेशले सहयोग गर्ने बताउनुभयो । प्रमुख खांणले भन्नुभयो,“यहाँका आन्तरिक पर्यटकीय स्थलहरुको पहिचान तथा प्रचारप्रसार गर्न वण्डरफुलले सहयोग गरेको छ । यहाँको विकासका लागी पर्यटन प्रर्वद्धन गर्न जरुरी छ ।”

यही अशोज १७ गते भिजिट नेपाल र लुम्बिनी भिजिट २०१९ अन्र्तगत सुरताल म्युजिक टुरको सांगितिक कार्यक्रम, कार्तिक ९ गते पहिले देश अनि विदेश भन्ने नाराका सासथ भिजिट ट्वान्टी ट्वान्टीलाई प्रर्वद्धन गर्न ५० किलोमिटर बाईक ¥याली गरिनेछ । सांगितिक कार्यक्रममा समिर घिसिङ, प्रकाश सपुत, विक्रम बराल, चोलेन्द्र पौ८ेल, सन्तोष बस्याल, बबी सुनार, आकृति नेपालीलगायत कलाकारको प्रस्तुति रहने वण्डरफुलका सचिव गणेश राउतले बताउनुभयो । राउतका अनुसार बाईक ¥याली अन्र्तगत वालिङ खेलमैदानबाट शुरु भई बायाँटारी, अकलादेवि, सिर्सेकोट मैदान, डुम्रे भञ्याङ, सिर्कोट, स्वरेक मैदान, अमले हुँदै पुन वालिङ मैदानमा आएर सकिनेछ । वालिङ र भीरकोट गरी दुईपालिकाको ९ वडामा पर्ने रुटअन्र्तगतमा रहेका विभिन्न होमिस्टेहरुमा समेत ¥यालीलाई स्वागत गर्नेछन् ।