राजदूत सिरफारिसको निर्णय गर्दै सरकार

प्रकाशित मिति:

सरकारले भारत र मलेसियाका लागि राजदूत सिफारिसको नयाँ निर्णय गर्ने भएको छ । यसअघि भारतका लागि राजदूत सिफारिस भएका नीलकण्ठ उप्रेतीको सन्दर्भमा सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय निश्क्रिय भएको छ ।

अब बिमस्टेक बैठकलगत्तै संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिसहित भारत, मलेसिया र संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस गर्ने तयारी भइरहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

सरकारले भारत, राष्ट्रसंघीय महासभा, मलेसिया र युएईमा नयाँ राजदूत नियुक्तिको तयारी गरिरहेको छ भने कतार, स्पेन, इजरायल, म्यानमार, बंगलादेश, जापान, दक्षिण कोरिया र ओमानका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

त्यसैगरी क्यानडा, फ्रान्स, थाइल्याण्ड, दक्षिण अफ्रिका, जेनेभा र कुवेतका राजदूतहरु भने कार्यकाल समाप्त भएर घर फर्कने दिन नजिकिएको छ ।