डुबेर बालिकाको मृत्यु

प्रकाशित मिति:

सर्लाही – पानीमा डुबेर सर्लाहीमा एक बालिकाको मृत्यु भएको छ । भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी भेगस्थित ब्रह्मपुरी गाउँपालिका–५, सखुहवा बस्ने अनिल रायकी ६ वर्षीया छोरी माहीकुमारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जितिया पर्वको अवसरमा शनिवार साँझ घर नजिकको पोखरीमा नुहाउने क्रममा बालिकाको डुबेर मृत्यु भएको हो । बालिकाको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा दुई दिनअघि मात्रै पानीमा डुबेर एक बालिकाको मृत्यु भएको थियो । सुक्रवार दिउँसो जिल्लाको दक्षिण–पूर्वी भेगस्थित भारतसँगै सीमा जोडिएको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुर बस्ने सुनिल राउतकी दुई वर्षीया छोरी सोनालीकुमारीको घर अगाडि खनिएको सडकको नालामा जमेको पानीमा डुबेर मृत्यु भएको थियो ।