परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं – संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधनका लागि अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शिष्टाचार भेटवार्ता भएको छ ।संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गरेको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनी धर्मपत्नी मेलिना ट्रम्पका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी धर्मपत्नी सरस्वती ज्ञवालीबीच शिष्टाचार भेटवार्ता भएको हो ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले ट्रम्प र ज्ञवालीबीचको फोटो सार्वजनिक गरेको छ । हरेक वर्ष देशको प्रतिनिधित्व गरेर पुगेका व्यक्तिले अमेरिकी राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने र फोटो खिच्ने परम्परा छ ।नागरिकखबर बाट साभार