नवलपुर – नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरको जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । गैडाकोटको श्रीराम पार्टी प्यालेसमा भोलि हुने सम्मेलनको तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा ट्रेड युनियन महासंघ नवलपुरका संयोजक लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाले सम्मेलनमा जिल्लाभरीबाट १ सय जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलन पूर्व विहान ११ बजे गैडाकोट नगरपालिका गेटबाट कार्यक्रम स्थलसम्म र्यालीको आयोजना समेत गरिएको छ । सम्मेलनको नेकपा क्रान्तिकारी माओवादीका प्रदेश ४ का संयोजक चन्द्रहरि सुवेदी अटलले गर्ने कार्यक्रम रहेको छ ।









