एजेन्सी –आयुष्मान खुराना र नुसरत भरुचा स्टारर् फिल्म ‘ड्रिम गर्ल’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । फिल्मले दोस्रो सातामा प्रवेश गर्दै गर्र्दा १०० करोड क्ल्बमा इन्ट्री गरेको थियो । रिलिजमा आएको १४ औं दिनमा आइपुग्दा ११० करोड भन्दा बढीको कलेक्शन गरिसकेको छ ।ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार यो फिल्मले पहिलो साता ७२।२० करोडको कमाई गरेको थियो । त्यस्तै दोस्रो साता ३८।६० करोड भन्दा बढीको ब्यापार गर्न सफल बनेको छ ।
‘ड्रिम गर्ल’ले अहिलेसम्म जम्मा ११०।८० करोडको कलेक्शन गरिसकेको छ ।यो फिल्मले गत सोमबारका दिन ३।७५ करोड, मंगलबार ३।३० करोड, बुधबार ३।१०, विहीबार ३ करोड कलेक्शन गरेको थियो । १०० करोड क्ल्बमा इन्ट्री गर्नेवाला आयुष्मान खुरानाको यो दोस्रो फिल्म हो । यो भन्दा पहिले उनको बधाई हो फिल्मले पनि १०० करोड क्ल्बमा इन्ट्री गर्दै रेकर्ड बनाएका थिए ।