क्रिकेट संघमा कांग्रेस निकट समुहले मार्यो बाजी, चन्द भए अध्यक्ष
नेकपाको उमेदवारले एक तिहाई मत ल्याउँदा कांग्रेसको दुई तिहाई मत ल्याउदै अध्यक्षमा बिजय भए चन्द
काठमाडौं – सरकारी हस्तक्षेपकै कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)द्धारा निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभाबाट कांग्रेस निकट चतुर बहादुर चन्द निर्वाचित भएका छ्न्। शुक्रबारदेखि भएको साधारण सभाका क्रममा भएको चुनावले चन्दलाई चुनेको हो । शुक्रबार साधारण सभाको उद्घाटन शत्र तथा निर्वाचन सम्बन्धि कार्यविधि तय भइ शनिबार निर्वाचन प्रक्रिया भएको थियो । यो निर्वाचन निष्पक्ष र राजनीतिक हस्तक्षेप बिना सम्पन्न गरि आइसीसीले क्यानको निलम्बन फुकुवाका लागि असोज १४ गते सम्ममा क्यानको रिपोर्ट आइसीसीमा पुर्याउनु पर्नेछ । नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले तयार पारेको विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको निर्वाचन गराएको हो । साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका थिए । सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वका लागि चतुरबहादुर चन्दसँग विनयराज पाण्डे प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रेेका थिए। चन्दले ४४ मत ल्याए भने पाण्डेले मात्र १५ मतमा चित्त बुझाए।
भिडन्त कांग्रेस र नेकपाबीच – क्यानमा ५९ मतको खेल रहेको छ । ३९ जिल्ला र ७ प्रदेशका प्रतिनिधिले क्यानको नयाँ नेतृत्व चयन गरेका हुन्। यो निर्वाचनमा कांग्रेस र कम्युनिष्ट (नेकपा) बीच नै भिडन्त हुने स्पष्ट भएको छ । अहिलेसम्मको निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द काँग्रेसका प्रतिनिधि हुन् भने विनयराज पाण्डेलाई कम्युनिष्टको प्रतिनिधि बनाइएको छ । गठबन्धनमा जाँदा ४० वर्षसम्म क्यानमा रहेका पाण्डेलाई कम्युनिष्टले आफ्नो उम्मेदवार बनाएको हो । तत्कालीन राखेप सदस्यसचिव केसव कुमार विष्टले तत्कालीन एमालेले नजित्ने र कम्युनिष्ट तर्फका माओवादी पनि पत्तासाफ हुने भएपछि काँग्रेसका नेता चन्दलाई अस्वीकार गर्दै चुनावमा आफ्नो प्रतिनिधि नै पठाएका थिएनन् ।
सरकारी हस्तक्षेप गर्दै विष्टले अहिलेका सदस्यसचिव सिलवाललाई तदर्थ समितिको अध्यक्ष बनाएका थिए । तर आइसीसीले यो सरकारी हस्तक्षेप मानेन र क्यानलाई नै निलम्बनमा पार्यो । त्यसयता पहिलो पटक निर्वाचन हुँदैछ । त्यतिबेला क्यान निलम्बनमा परेपछि चन्द पनि निलम्बनमा परे । तर आइसीसीले विभिन्न आफ्ना बैठकमा प्रतिनिधि बनाउँदा चन्दकै कार्यसमितिलाई पत्र पठाउने गर्दथ्यो । तर नेकपाले गतिलो उम्मेदवार नपाएपछि पाण्डेसंग सहकार्य गर्न खोजेको हो । पाण्डेको योजना उतिबेलै फ्ल भैसकेको क्रिकेट विज्ञहरु बताउँछन् । राष्ट्रिय खेलकुद परिषदका सदस्यसमेत रहेका विनोद मैनालीलाई नेकपाले अगाडि सारे पनि उनले जित्ने सम्भावना नभएपछि छुट्टै मैदानमा उत्रने तयारीमा रहेका पाण्डेलाई अगाडि बढाएको थियो। तर सदस्यसचिव सिलवालले पाण्डेलाई जोड गरेपछि अहिले समिकरण राम्रो बनेको दावी गरिएको छ । सिलवाल पाण्डेको नेतृत्वका उपाध्यक्ष पनि हुन् । त्यसैले उनलाई पाण्डेप्रति भरोसा पनि छ र उनको कमजोरी पनि थाहा छ । आफ्नो प्रभाव जमाउन सिलवालले पाण्डेलाई अगाडि बढाएका थिए।












