दशैंमा यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको तयारी

प्रकाशित मिति:

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले राजगद्दी परित्याग गरेपछि पनि दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका छन् । यसपालि समेत पूर्वराजा शाहले टीका लगाउने कार्यक्रम बनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै विजया दशमीका दिन अपराह्न ४ बजेपछि टीका लगाइदिने कार्यक्रम बनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको उपलक्ष्यमा राजधानीका विभिन्न शक्तिपीठको दर्शन समेत गर्ने छन् । शक्तिपीठको दर्शनपछि उनले सर्वसाधारणलाई टीका लगाइदिने छन् ।

उनले महाअष्टमीको दिन अपराह्न उपत्यकाका नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताले आपत्ति जनाउने गरेको भएपनि उनले भने आफ्नो सक्रियतालाई निरन्तरता दिइरहेका छन् ।