काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दसैं, तिहार तथा छठ बिदाका दिनहरुमा बिहान ११:०० देखि २:०० बजेसम्म खुला रहने जनाएको छ ।
आयोगले शुक्रबार एक वक्तव्य जारी गर्दे भनेको छ,‘‘आम नागरिकको मानवअधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको हो । यस अवधिमा आयोगले मानवअधिकार उल्लंघन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकष्मिक अनुगमन समेत गर्नेछ । ’’यस अवधिमा आयोगले मानवअधिकार उल्लंघन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकष्मिक अनुगमन समेत गर्नेछ । ’’









