सप्तरी-सप्तरीको लालपुरमा बहुला स्यालको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् ।जिल्लाको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति एक्कासी गाउँ पसेको बहुला स्यालले आक्रमण गर्दा स्थानीय ४० वर्षीया गुलावीदेवी रौनियार, २५ वर्षिया अमेरिकादेवी साह, ओमप्रकाश साह र आड वर्षीय छोरा गोविन्द साहलगायत अन्य दुई गरी छ घाइते भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिए ।
स्यालको टोकाइबाट घाइते भएका उनीहरुको कल्याणपुरस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने बहुला स्यालको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ ।









