लसर्घा । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउपालीका वडा नं २ मा रहेको श्री आलमदेबी बहुउदेश्यीय ग्रामीण सेवा परिवारको २०औँ बार्षिक उत्सवको अवसरमा भिलवल प्रतियोगीता गर्न लागेको हो । पुरुष तथा महीला भलीवल सन्चालन हुने छ । त्यसका लागी पुरुष तर्फ प्रथम पुरस्कार ६० हजार ,दीप्तीय पुरस्कार ३५ हजार ,तृतीय पुरस्कार १५ हजार रहेको छ त्यस्तै महीला भलीवल तर्फ प्रथम पुरस्कार १५ हजार दिप्तीय १० हजार तृतीय ५ हजार रहेको सुभाष थापाले जानकारी दीनु भएको छ । श्री आलमदेबी बहुउदेश्यीय ग्रामीण सेवा परिवारको २०औँ बार्षिक उत्सव तथा हरेक बर्ष बिजया दशमीको सुखद अवसर पारेर राखीने खुल्ला भलिबल प्रतियोगिता स्वर्गीय श्री ठाकुर रानाको स्मृतिमा हुने भएको कल्वका अध्यक्ष बुद्ध सी रानाले वताउनु भएको छ । ठाकुर राना साबिक आलमदेबी गा.बि.स. वडा नं. ५ मा पिता श्री टंक बहादुर राना र माता श्री भिम कला राना ज्यूको कोख बाट इ.बि.स. 1961 May 12 मा जन्मनु भएको थियो । सानै उमेरदेखी चलाख, उच्चमनोबल, निडर र सही निर्णयको लागि आफु कहिले पछी नहट्ने तथा उत्कृष्ट भलिबल खेलाडी पनि हुनुन्थ्यो ।
समाजको बिकासमा सदा अग्रसर रहने वहांको क्लबको स्थापना हुनुमा पनि ठुलो साथ र सहयोग छ । गाउमा एकताको बिकास, समाजिक सद्भाबको बिकास, भातृत्वको भावना सदा रहनु पर्छ भन्ने वाहाको भावना सहित यस संस्थाको स्थापना भएको थियो । इ.बि.स. 1981 मा जागिरको सिलिसलामा बृटिस आर्मीमा भर्ती भई १५ बर्ष सफल जीवनकाल बृटिस आर्मिमा वितउनु भएको थियो भने ईस 1984 मा साबिक आलमदेबी ४ निवासी श्री दान कुमारी राना संग वहाको शुभ बिवाह भएको थियो ।भनीन्छ नेपालकालको इतिहासमा भलिबल खेल बिदेशबाट आएका गोर्खाली हरूले भित्राएको हो भनि यस्तै यस गाउमा पनि भलिबल खेलको सुरुवात स्वर्गिय श्री ठाकुर राना ज्यु लगायत वाहाका अन्य साथीहरुले सुरुवात गरेका पाईन्छ । भलिबल खेलको जगतमा धेरै सम्मान तथा पुरस्कारहरू पाउन सफल वहालाई यस स्थानकै भलिबल संस्थापकका रूपमा चिनिन्छ । जागिरको सिलसिलामा १५ बर्ष बृटिस मा बिताए पनि उहाको मन र माया गाउप्रति कत्ती पनि कम भएन । गाउको भलिबलको मायाले गर्दा वहाले बृÞटिसबाट ठुलो आर्थिक सहयो जुटाई करिब ३० बर्ष अगाडी नै उच्च स्तरिय भलिबल खेल मैदानको निर्माण गर्नु भएको थियो । पछी तेही मैदान जिर्ण अवस्थामा पुगेपछि आफ्नै ब्यक्तिगत अर्थिक सहयोगमा मैदानको पुन निर्माण गर्नुभएको थियो । जुन मैदानमा ठुलो उत्सवको रूपमा हरेक बर्ष भलिबल प्रतियोगिता हुने गर्दछ । यसै कारण यस क्लबको लागि वहाले ठुलो ऋृण लगाएर जानुभएको छ । ईस2014 सालमा ५३ बर्षको अल्प आयुमै निधन भएको वहाको ५ बर्ष भएको स्मृतिमा वाहाको अत्माको चिरसान्तिको कामनाका साथ यो बर्ष ठाकुर राना पुरूष तथा महिला खुल्ला भलिबल प्रतियोगिता संचालन गरिदै छ ।














