पहिलो पटक जनकपुरमा लंका दहन हुने

प्रकाशित मिति:

घनश्याम मिश्र जनकपुरधाम । प्रत्येक वर्ष झै यस वर्ष पनि जनकपुरमा रावण बध हुने भएको छ । विजयादशमीको साँझ त्रेतायुगमा मर्यादा पुरुषोत्तम रामले आसुरी शक्तिको प्रतिक रावणमाथि विजय प्राप्त गरेको स्मरण स्वरुप जनकपुरमा रावण बधको आयोजन गर्दै आएको छ ।महावीर युवा कमिटीको मुख्य आयोजनमा हुन लागेको रावण बध कार्यक्रममा रामको भूमिकामा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह रहने आयोजक महावीर युवा कमिटीले  जानकारी दिएका हुन ।महावीरका अध्यक्ष संतोष कुमार साहका अनुसार यस पटक रावण बध कार्यक्रमसाथै लंका दहन समेत हुने र त्यसको समपूर्ण तयारी अन्तिम चरणमा रहेको छ । मेयर लालकिशोर साह प्रमुख अतिथी रहने लंका दहन तथा रावणवध कार्यक्रम जनकपुरको ऐतिहासीक धनुष सागर पोखरिमा हुने अध्यक्ष साहले स्पस्ट पारे ।

लंका दहनको लागि धनुष सागर पोखरिको बीच भागमा लंका ९घर० निर्माण गरिने र हनुमानले त्यस लंकाको प्रतीक घरमा त्रेताकाल जस्तै पुच्छरले आगो लगाउने कार्यक्रम रहेको छ। लंका निर्माण गर्न अहिले धनुषा सागर पोखरिमा ड्रामको नाउ तैयार गरेर लंका को प्रतिमा घर निर्माण कार्य आरम्भ गरेको छ । अध्यक्ष साहका अनुसार हमुनाम जी पनि नाउमै सवार भएर जाने र आगो लगाउने बताएका छन् ।लंका दहनपछि त्यसै स्थानमा गंगा सागर र धनुषा सागर पोखरिको बीच भाग ९डील०मा रावण निर्माण ग़री मेयर लाल किसोर साहद्वारा नै रावणवध ९दहन० गरिने महावीर युवा कमिटीले जनाएको हो । लंका र रावणको प्रतिमा निर्माण गर्न भारतबाट कालीगढ़ मगाइएको हो भने निर्माण खर्च ३ लाख अनुमान गरिएको छ । लंका दहन र रावणवध भोलि मंगलाबार साँझ ६ बजे हुने आयोजक महावीर युवाकमिटीले जनाएको छ ।लंका दहन र रावनबद्ध अगावै जनकपुरको राम मन्दिरबाट विशेस र्याली निकाली नगरको बिभिन्न भागको परिक्रमा ग़री धनुष सागरको घाट अर्थात रावणवध हुने स्थलमा पुग्ने छ । रावनबद्ध हेर्न जनकपुरमा दुर दराज गाउका व्यक्तिहरु समेत उपस्थित हुने गर्छन् । लंका दहन तथा रावणवधको संयोजकको रुपमा शंकर साहलाई जिम्मा दिइएको छ ।