शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’

प्रकाशित मिति:

प्रेस युनियनका महासचिब तथा हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने भएको छ। ईन्जाले एक विज्ञप्ती निकाली सम्पादक शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गरेको हो।शिवाकोटीलाई ईन्जाका निर्देशक किशोर सापकोटाले फोन सम्पर्क समेत गरि पुरस्कार दिइने निर्णय भएको जानकारी गराएका थिए।ईन्जा अमेरिकाको वासिंङ्टन डिसी, अमेरिकामा मुख्यालयमा रहेको नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल हो। हाम्राकुरा तथा यसका सम्पादक शिवाकोटीले पुरस्कार दिने निर्णयप्रति आभार प्रकट गर्दै यसले थप जिम्मेवार भएर पत्रकारीता गर्न प्रेरित गर्ने बताए। आफ्नो दुई दशक लामो पत्रकारीतामा पहिलो पुरस्कार पाएको उल्लेख गर्दै शिवाकोटीले यो पुरस्कारले देश र जनताको पक्षमा रहेर पत्रकारीता गर्ने आफ्नो अभियानलाई अझ उत्साहित गरेको बताएका छन्। ईन्जाले प्रेस विज्ञप्ती निकाल्दै शिवाकोटीलाई पुरस्कार दिने घोषणा गरेको हो ।