पश्चिम नवलपरासीका सामुदायीक बिद्यालयहरुमा शैक्षिक सामाग्री बितरण

प्रकाशित मिति:

पश्चिम नवलपरासीका ९ वटा सामुदायीक बिद्यालयहरुमा अध्ययरत गरिब र बिपन्न सामुदायका स्कुले बालबालीकाहरुलाई बिभिन्न शैक्षिक सामाग्री बितरण गरीएको छ ।चाईना फाउण्डेसनको सहयोग तथा सफा सुनौलो नेपाल , काठमाण्डौको ब्यवस्थापनमा शैक्षिक सामाग्री बितरण गरिएको हो । देशका बिभिन्न ३० जिल्लाका ३०० सामुदायीक बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्ने योजना रहेको सफा सुनौलो नेपालका प्रतिनिधी दिपक रेगामी ( मगर )ले बताउनुभयो । कक्षा नर्सरी देखी कक्षा ५ सम्म अध्ययरत स्कुले बालबालीकालाई झोला , कापी , जेमेट्रीवक्स लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको हो । यस्ता सहयोगले सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तरिय सुधारमा सहयोग पुग्ने विश्वास लिईएको संघीय सांसद देबेन्द्रराज कण्डेलको भनाई छ ।  पश्चिम नवलपरासीको ९ वटा सामुदायीक बिद्यालयहरुका १७५० जना बिद्यार्थीलाई शौक्षिक सामाग्री बितरण गरिएको थियो ।