गौरी जोशीले बुझाए ६१ जनाको छुट्टै लिष्ट

प्रकाशित मिति:

अमेरिका । एनआरएन अमेरिकाले यस क्षेत्रका क्षेत्रीय संयोजकमार्फत आइसीसीमा पेश गर्नुपर्ने प्रतिनिधि सूची आइसीसीले फिर्ता गरिदिएपछि सुरु भएको अन्यौल चिर्दै संयोजक जोशीले अमेरिका क्षेत्रबाट ६१ जनाको सूची आइसीसीमा पेश गरेका छन् । जोशीले आइसीसी सदस्य प्रकाश सापकोटाको संयोजकत्वमा गठन गरेको समितिले सिफारिश गरेका ६१ जनाको नाम हिजो विजयादशमीको दिन आइसीसी सचिवालयमा पेश गरेका हुन् । आइसीसी अध्यक्ष भवन भट्ट र महासचिव डाक्टर बद्री केसीलाई सम्बोधन गरी पेश गरिएको सूचीमा समावेश ६१ जनालाई प्राथमिकतामा आधारमा डेलिगेट सूचीमा समावेश गर्न जोशीले सिफारिश गरेका छन् । विश्वस्त सूत्रका अनुसार आइसीसी सचिवालयले जोशीको सिफारिश अनुसारको नाम प्रतिनिधि सूचीमा दर्ता समेत भैसकेको छ ।

यता एनआरएन अमेरिकाले जोशीलाई बाइपास गरी संस्थाका सदस्य समेत नरहेका व्यक्तिहरुलाई प्रतिनिधिमा समेटेको भन्दै कार्य समितिका बहुमत सदस्यहरुले विरोध गरेपछि आरसी जोशीले यस बारेमा आइसीसीमा जानकारी गराएका थिए । आइसीसीले सो सूची आरसी जोशी मार्फत पेश गर्नुपर्ने भनी अध्यक्ष सुनील साहलाई बोधार्थ दिएर जोशीलाई फिर्ता गरिदिएपछि सोही सूची अब अन्यौलमा परेको छ । जसका कारण अध्यक्ष सुनील साह आफैं तनावमा रहेको र आरसी जोशी नजिकका व्यक्तिहरुमार्फत समन्वयका लागि आफु तयार रहेको संदेश पठाई रहेको बुझिएको छ । यसैबीच सचिव पदका सशक्त दाबेदार जोशी ६१ जनाको नाम प्रतिनिधि सूचीमा समावेश भएपछि आजै नेपाल जाँदै छन् । जोशी यसपटक सचिव पदका प्रत्यासी हुन् ।
जोशीले बुझाएको ६१ जनाको सूची यस्तो छ ,यो समाचार ग्लोवल नेपाल अनलाइन वाट साभार गरीएको हो