काठमाडौं \ बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा आइपुगेका छन्। बिहीबारबाट काठमाडौंमा सुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिन आउने राष्ट्रपति म्यन्ट पहिलो विशिष्ट अतिथि बनेका छन्। म्यन्टलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।










