नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा: देउवा

प्रकाशित मिति:

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताएका छन् ।दुई दिने भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपतिसँग शनिवार साँझ होटल सोल्टीमा भएको भेटपछि देउवाले दुवै देशले व्यापार, उर्जा र पूर्वाधारबाट फाइदा लिनुपर्ने बताए ।

सीसँग नेपाल र चीनबीचको द्वीपक्षिय सम्बन्धका बारेमा कुराकानी भएको देउवाले जनाएका छन् ।नेपाली कांग्रेस लामो समयदेखि चिनियाँ कम्युष्टि पार्टीको सहकार्यमा अघि बढेको विषयमा सीसँग कुरा भएको देउवाले जानकारी दिए ।