अरिङ्गालले टोकेर दाङमा एकको मृत्यु

प्रकाशित मिति:

दाङ – अरिङ्गालले टोकेर एक ब्यक्तिको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ९ जाबुने बस्ने ४० वर्षीय घनश्याम बरालको उपचारको क्रममा मृत्यु भएको हो । बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्किए पछि अरिङ्गालले बराललाई टोकेको थियो ।

अरिङ्गालको टोकाईवाट घाईते भएका बरालको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा गत राति मृत्यु भएको राप्ती गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष रिम बहादुर सुनारीले जानकारी दिएका छन् । कृषक रहेका मृतक घनश्याम बरालको बृद्ध आमा, बिरामी श्रीमती तिन छोरी र एक छोरा रहेको सुनारीले बताए ।