एनआरएनएले गर्‍यो दोहोर्‍याएर पत्रकार सम्मेलन

प्रकाशित मिति:

काठमाडौं – आफू नआउँदै पत्रकार सम्मेलन गरेको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्‍यक्ष भवन भट्ट रिसाएपछि एनआरएनएले सोमबार नै दोस्रो पटक पत्रकार सम्मेलन गरेको छ । सोमबार बालुवाटारस्थित कार्यालयमा पहिले उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीसहितका पदाधिकारी सहभागी भएर पत्रकार सम्मेलन गरेका थिए ।

उक्त पत्रकार सम्मेलन सकिएपछि अध्यक्ष भवन भट्ट आइपुगेका थिए । आफूलाई नकुरी पत्रकार सम्मेलन गरिएको भन्दै आक्रोशित अध्यक्ष भट्टले दोस्रो पत्रकार सम्मेलन सुरू गरेका छन् । विद्युत प्राधिकरणसंगको बैठकका कारण पहिलो पत्रकार सम्मेलन भन्दा ४५ मिनेट ढिला अध्यक्ष भट्ट पत्रकार सम्मेलनमा आइपुगेका थिए । जतिबेला ‍औपचारिक पत्रकार सम्मेलन सकिएर पत्रकारहरु धेरैजसो बाहिरिसकेका थिए भने केही खाजा खाँदै थिए । पत्रकारहरुको अध्यक्षसंग जिज्ञासा हुन सक्ने भन्दै फेरि पत्रकार सम्मेलन गरिएकाे भट्टले बताए ।