आलम सांसद पदबाट निलम्वित

प्रकाशित मिति:

काठमाडौं- प्रतिनिधिसभाका सांसद मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्वन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त कर्तव्य ज्यानसम्बन्धी मद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति माग गरेसँगै उनी निलम्बनमा परेका हुन् रौतहटको राजापुर नगरपालिका–१ स्थित इद्रिस गेटबाट आलमलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

संघीय सचिवालयद्वारा सोमबार जारी गरिएको सूचनामा आलम पक्राउ गरिएको उपसभामुखलाई जानकारी गराएपछि प्रतिनिधिसभा नियमावलीअनुसार उनको सांसद पद निलम्वन गरिएको उल्लेख छ ।