एनआरएनएको नवौं विश्व सम्मेलनमा संस्थापक अध्यक्ष महतो देखिएनन्

प्रकाशित मिति:

काठमाडौं- आजदेखि काठमाडौंमा सुरु भएको गैर आवसीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो कार्यक्रम स्थलमा देखिएका छैनन्। सम्मेलनमा सहभागी नेपाल लाइभका संवाददाताद्वय सविन मिश्र र लिलु डुम्रेका अनुसार महतो कार्यक्रम स्थलमा उपस्थित भएका छैनन्।

उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, निवर्तमान अध्यक्ष शेष घले, अध्यक्ष भवन भट्ट र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा मञ्चमा देखिए पनि महतो देखिएका छैनन्। यसैगरी, सम्मेलन स्थलमा महतोबाहेक संघका सवै पूर्वअध्यक्षहरु भने उपस्थित रहेका छन्। सम्मेलनमा विश्वका ८१ देशबाट झन्डै २ हजार ५ सय भन्दा बढी एनआरएनका सदस्यहरु सहभागी भएका छन्। ‘नेपालका लागि नेपाली’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन्। – नेपाललाइभ