पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

प्रकाशित मिति:

काठमाडौं -पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो ।हालसम्म चढाइएको सनु ९ किलो मात्र भनेर समाचार प्रकाशन भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो ।

समितिले पशुपति भण्डार तहबिल कार्यालायलाई ‘भक्तजनले जढाएको सुनको विवरण समावेश भएको छैनरु नभए हालसम्मको विवरण खुलाई साथै तहबिलले बजार खरिद गरी चढाएको सुन र चाँदीमेलत खुल्ने गरी जनाकारी दिन पत्राचार गरेको थियो। यो समाचार आजको अन्पूर्णपोस्ट दैनिकमा छ ।