गत भदौ २९ गते हत्या भएका ३५ वर्षीय महेन्द्र सिंह कुर्मी को हत्यामा संलग्न एकजनालाई जिल्ला प्रहरी रुपन्देहीले पक्राउ गरेको छ । बैंकबाट पैसा निकाली श्रीमती र छोरासहित मोटरसाइकलमा घर फर्कंदै गर्दा उनको रुपन्देहीको बैकुण्ठपुरमा गोली हानी हत्या भएको थियो । मोटरसाईकलमै आएका दुई युवाले उनलाई गोली हानेका थिए । हत्यामा संलग्न युपी जिल्ला गोरखपुर थाना कम्पीयरजंग मछरे गाउं बस्ने ४० वर्षीय मनिष हरिजन रहेको प्रहरीले पत्रार सम्मेलन गरी सार्वजनिक गरेको हो ।









