आफ्नो देश माथि प्रेम दर्साउँदा जागिर चट्

प्रकाशित मिति:

भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर फेसबुकमा सिंगापुरको झण्डा च्यातेर भारतको झण्डा देखाउने भारतीय मुलका एक कर्मचारीको जागिर खोसिएको छ । चैनल न्युजका अनुसार गत १४ अगस्तमा अबिजित नायक नामका उक्त व्याक्तिले फेसबुक पेजमा सिंगापुरको झण्डा भएको टिर्सट लगाएर त्यसलाई बिचबाट च्याति भित्र भारतको झण्डा देखाएका थिए । एक दशक भन्दा बढि समय देखी सिंगापुरमा रहेका पटनायकले फिर भी दिल है हिन्दुस्तानी शिर्षकका साथ फोटो पोष्ट गरेका थिए । सिंगापुरको एक बैंकमा कार्यरत उनको सिंगापुरको अपमान भएको भन्दै बिरोध भए पछि बैंकले जागिरबाट निकालेको खबर छ ।