गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पेश गरिएको छ ।प्रदेश प्रमुखको सचिवालयमा आयोजित समारोहमा मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरले प्रदेश प्रमुख कुँवरसमक्ष आव २०७५र७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।कार्यक्रममा घिमिरेले प्रतिवेदनमा समावेश भएका विषयलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए । गण्डकी प्रदेश सरकारले २०७४ चैत ८ गते डा घिमिरेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कुँवरले कानूनी एवं संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ताको कार्यालयले आफ्नो कर्तव्य पूरा गरेको बताए ।मुख्य न्यायाधिवक्ता डा घिमिरले कार्यालय स्थापना भए पश्चात आव २०७५÷७६ मा मुख्य न्यायाधिवक्ताको कार्यालयबाट भए गरेका काम, त्यसको प्रभावकारिता, हासिल गरेको सफलता, कार्यसम्पादनमा आएका चुनौती र सुधारका लागि सुझावलगायतका विषय प्रतिवेदनमा समेटिएको जानकारी दिए ।गत आवमा मुख्यतः कार्यालय स्थापना, त्यसको व्यवस्थापन, मुख्यमन्त्रीको कार्यालय, विधेयक समिति, विधायन समिति एवं स्थानीय तहमा कानून तर्जुमा सहजीकरणमै समय बितेको उनले बताए । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी पौडेललगायतको उपस्थिति थियो ।









