एनआरएन अमेरिकाज क्षेत्रमा त्रिपाठी, पोख्रेल र थापा विजयी

प्रकाशित मिति:

एनआरएनको मतगणना जारी छ । यसैबीच अमेरिकाज क्षेत्रको परिणाम बाहिरिएको छ । परिणामअनुसार क्षेत्रीय संयोजकमा अमेरिकाका राजन त्रिपाठी बिजयी भएका छन् । उनले अमेरिकाकै डा। विनोद साहलाई पराजित गरेका हुन् । अमेरिकी एनआरएन राजनीतिमा गौरी जेोशीका खास मान्छे त्रिपाठी कुमार पन्त समूहबाट उम्मेद्वार बनेका थिए भने सुनील साहका खास मान्छे डा। साह कुल आचार्य समुहका उम्मेद्वार थिए ।

यसैगरी महिला क्षेत्रीय संयोजकमा अमेरिकाकी उमा कार्की थापा विजयी भएकी छिन् । उनले अमेरिकाकै राधा पौडेललाई पराजित गरेकी हुन् ।अमेरिकी एनआरएन राजनीतिमा गौरी जोशी नजिक मानिएकी थापालाई पन्त समूहको सहयोग थियो भने डा। केशव पोैडेलजनिक मानिएकी पौडेल कुल आचार्य समुहकी उम्मेद्वार थिइन् ।यसैगरी क्षेत्रीय उपसंयोजकमा भने अमेरिकाका राम सी पोख्रेल विजयी भएका छन् र उनल क्यानडाका अभिमन्यू बस्नेतलाई हराएका हुन् । यस क्षेत्रको युवा संयोजकमा भने क्यानडाकी विमला सापकोटा निर्विरोध भएकी थिइन् ।