भरतपुर – जस्मिन पेन्टस् प्रा।लि।, भरतपुर चितवनले यस वर्ष सञ्चालन गरेको ग्राहक लक्षीत बम्पर उपहार योजना अन्तर्गत पहिलो महिनाको विजेता छनोट गरिएको छ । ‘लक्कि ड्र«’ मार्फत छनोट भई बिजेता बनेका बुटवल मुर्गियाका खुमन शाहिले दुबई भ्रमण जाने सुनौलो अवसर पाएका छन् । ‘फेरी आयो जस्मिन पेन्ट्सको बहार, हरेक महिना बम्परमा दुबई टुरको उपहार’ भन्ने उद्घोषका साथ यस वर्ष सञ्चालन गरिएको ग्राहक लक्षित बम्पर उपहार कार्यक्रम अन्तर्गत शाही पहिलो महिना ९असोज० को बम्पर विजेता बनेका हुन् । जस्मिन पेन्ट्सको कार्यालय चितवन स्थित लंकुमा भएको कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले लक्कि ड्र मार्फत भाग्यशाली विजेताको नाम छनोट गर्नुभएको हो ।
बिजय कलर हाउस मुर्गियाबाट जस्मिन पेन्ट्स गरिद गरि घर रंगाएका शाहीले जस्मिन पेट्सको तर्फबाट दुबई घुम्ने अवसर प्राप्त गरेको छन् । जस्मिन पेन्ट्सका प्रयोगकर्ता सामु न्यानो आत्मियता कायम गर्दै खुशी बाँड्ने उदेश्यले दुबइ टुर बम्पर उपहार कार्यक्रम सञ्चालन गरिएको जस्मिन पेन्ट्स प्रालिका डिरेक्टर मधुसुदन अर्यालले जानकारी दिनुभयो । ‘हामीले उत्कृष्ट र गुणस्तरिय उत्पादन मार्फत हाम्रा ग्राहकलाई अधिकतम सन्तुष्टि प्रदान गर्दै आएका छौँ,’ अर्यालले भन्नुभयो, ‘यससँगै ग्राहकसामु आत्मियता बढाई सबैमा खुशी बाँड्न विगतका वर्षमा जस्तै यो वर्ष पनि बम्पर उपहार कार्यक्रम ल्याएका हौँ ।’
जस्मिन पेन्ट्सले यहि कार्यक्रम अन्तर्गत गतवर्ष उपभोक्तालाई थाईल्याण्ड टुर र बिसं २०७४ सालमा कार उपहार प्रदान गरेको थियो । यस लक्कि ड्र कार्यक्रममा मनकामना गु्रपक डिरेक्टर आकाश शर्मा, एचआर हेड कृष्णप्रसाद शर्मा, जस्मिन पेन्ट्स प्रा।लि।का सेल्स एण्ड मार्केटिङ हेड रविन शर्मा भुषल, जनरल म्यानेजार सुवास वाग्ले, फाईनान्स हेड राजेन्द्र बास्तोला लगायतको उपस्थिती रहेको कार्यक्रम ब्राण्डिङ अफिसर ओमकार अर्यालले सञ्चालन गर्नुभएको थियो । विजेता छनोट तथा घोषणा कार्यक्रम जस्मिन पेन्ट्सको आधिकारिक फेसवुक पेजबाट लाईभ गरिएको थियो ।
ग्राहक उपहार योजना अन्तर्गत जस्मिन पेन्ट्सका उत्पादन खरिद गर्ने उपभोक्तालाई ५० हजारदेखि १ लाख रुपैयाँसम्मको खरिदमा सिल्भरकार्ड, १ लाखदेखि २ लाख रुपैयाँसम्मको खरिदमा गोल्डेनकार्ड र २ लाख रुपैयाँभन्दा माथिका सामान खरिदमा डाईमण्डकार्ड अन्तर्गत हात खाली नजाने उपहारसहित १÷१ वटा बम्पर कुपन प्रदान गरिन्छ । यहि कुपनलाई लक्कि ड्रमा समावेश गरि विजेता छनोट गरिन्छ । डाईमण्ड कार्ड पाउने उपभोक्ताले बाल्ट्राको मिक्सर, गोल्डेन कार्ड पाउनेले एमआईको १० हजार एमएएचको पावर ब्याङ्क र सिल्भरकार्ड पाउनेले पेण्डुलम भित्तेघडी तत्कालक पाउनेछन् । ग्राहक लक्षित यस बम्पर उपहार योजना आगामी मंसिर महिनासम्म सञ्चालन हुने जस्मिन पेन्सट्स प्रा।लि।ले जनाएको छ ।









