रमेश बि जी को उत्कृस्ट शब्दमा आयो दिदीभाईको मन रुवाउने गित “टिका माला “

प्रकाशित मिति:

सुदिप गौतम /बुटवल- नेपाली गित संगीतमा लोकप्रिय श्रजकको अग्रस्थानमा पर्छन रमेश बि जी ।उनका हरेक गितहरुमा दर्शक श्रोताको मन छुने गर्दछ ।तिहार पनि नजिकिने क्रममा छ। तिहार नजिकै आईरहदा दिदी भाईको कथालाई समेटेर रमेश बि जी को शब्दमा मनछुने गित” टिका माला” बिन्धबासिनि म्युजिक प्रा लि मार्फत बजारमा आएको छ । चर्चित आधुनिक गायक रामकृष्ण ढकालको सुमधुर आवाजमा गित बजारमा आएको हो ।

गितलाई चर्चित एरेन्जर बि बि अनुरागीले संगीत र एरेन्ज गरेका छन । भिडियोमा लोकप्रिय गायक एबम मोडल प्रकाश सपुत लागु पदार्थ दुर्व्यसनीमा फसेको र दिदि चर्चित अभिनेत्री सरिता लामिछाने लाई सुधारन अनेक प्रयास गरेको र ड्रग्स खान नछोडदा सम्म तिहारमा पनि भाईलाई भेट्न नआउने कुराहरु गरेको देखाईएको छ । तिहारको समयमा दिदि भाई साथमा नहुदा हुने पिडा भिडियोमा देखाईएको छ । उक्त भिडियोलाई सुबास रेग्मीले निर्माण गरेका हुन् ।दुर्गा पौडेलको छायांकन नबिन घर्ति मगरको सम्पादन रहेको उक्त गितमा चर्चित निर्देशक शंकर बि सी ले निर्देशन गरेका छन । गितको सफलताको शुभकामना | हेर्नुहोस भर्खरै सार्बजनिक भिडियो