रुपन्देही १५ भाद्र प्रदेश नं ५को समाजीक बिकास मन्त्रालयले प्रदेश भित्र रहेका स्वास्थ्य क्षेत्रका समस्या र समाधानका वारेमा प्रदेशस्तरीय समिक्षा तथा योजना गोष्ठी सम्पन्न भएको छ । समाजीक बिकास मन्त्रालयले अञ्चलअस्पताल ,जिल्ला अस्पतालको अबस्था समस्या र समाधान गर्नको लागी अस्पतालका मेसु संग छलफल गरेको हो ।
छलफल कार्यक्रममा भेरीअञ्चल अस्पताल नेपालगञ्ज, , राप्तीअञ्चल अस्पताल दाङ लुम्बिनी अञ्चल अस्पताल बुटबल ,लुम्बिनी आयुर्वेदीक अस्पताल बुटबल राप्तीअञ्चल आयुर्वेदीक अस्पतालका मेसुहरुले अस्पतालको भौतिक आर्थिक र कर्मचारीहरुको अबस्था जानकारी गराएका थिए । उनीहरुले प्रदेश सरकारले प्रदेशमा बिनीयोज भएको बजेट मध्येस्वास्थ्यमा ३ प्रतिशत निकैकमी भएको बताएका छन ।
छलफलमा बोल्दै भेरीअञ्चल अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश वहादुर थापाले भौतिकपुर्वाधार निकैकमजोर भएको बताएका छन ,उनले पानीपरेको बेला अस्पताल क्याटर कुनैपनि ठाउमा बस्न नमिल्ने भएको बताए ।पुरानो र जीर्णअबस्था रहेको अस्पतालमा उपकरण ,कर्मचारी लगायतका समस्या भएको बताएका छन । राप्ती अञ्चल अस्पतालका मेसु डा बिनोद सिङले पनि प्राथामिक स्वास्थ्यकेन्द्रबाट स्तरबृद्धि भई अञ्चल अस्पताल भएकोले पुर्वाधार केही नभएको बताए । कर्मचारी उपकरण चिकित्सकहरु अभाब रहेको बताएका छन । लुम्बिनी अञ्चल आयुर्वेदीक अस्पताल बुटबलका मेसु डा रमेश केसीले औषधी कर्मचारी पुर्वाधार सेवाको बारेमा जानकारी गराएका थिए ।
उता लुम्बिनी अञ्चल अस्पतालका मेसु डा कृष्ण प्रसाद खनालले ५० वेडको अस्पतालको संरचनामा अस्पताल चलेको बताए अहिले ४ सय बेड संञ्चालन भएपनि अबस्था राम्रो नभएको बताएका छन । खनालले भबनजिर्ण खानेपानीको समस्या कर्मचारीलाई क्याटर लगायतका समस्याले लुम्बिनी अञ्चल अस्पतालमा रहेको बताएका छन । अस्पतालले गुरुयोजना बनाएको भएपनि अहिले बजेट नभएकोले योजना कागजमात्र रहेको खनालले बताए ।
गोष्ठीमा समाजीकबिकास मन्त्रालय स्वास्थ्यमहाशाखा प्रमुख डा उमाशंकर चौधरीले प्रदेशको समग्रस्वास्थ कार्यक्रम र बजेटको बारे जानकारी गराएका थिए । समाजीकबिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोदकुमार गिरीले प्रदेशमा आउने एनजीओे आईएनजीओे लाई साथमालिएर प्रदेशमा रहेको स्वास्थ्यको भौतिकअबस्था सुधार्नु पर्ने बताएका छन। उनले अञ्चल अस्पतालमा आफनौ फार्मेसी रल्याबलाई ब्यबस्थीत बनाउनु पर्ने बताए । अस्पताले आफैफार्मेसी संञ्चान गर्नुपर्ने बताएका छन । उनले मेसुहरुलाई मन्त्रालयसंग सहकार्य गरि अघिबढन आग्रह गरे ।
सामाजीक मन्त्री सुर्दशन बरालले बजेटको अभाबहुन नदिने तरिकाले कामअघिबढाएको बताए ।चिकित्सप्रति बिरामीहरु सकारात्मक नभएको बताउदै चिकित्सकले दिने सेवालाई स्तरीय बनाउनु पर्ने बताए ।
मन्त्रीबरालले अहिले प्रदेशमा स्वास्थ्यमा जुन प्रकारको समस्या छ त्यो समाधानको लागी प्रदेशले छुटैनितिबनाएर समस्या समाधान गर्ने बताएका छन । प्रदेशमा रहेका ५० लाख जनतालाई राहत हुने निति बनाउने बताएका छन ।
उनलेअब बिकास समितिका कर्मचारीलाई एक अस्पताल बाट अर्काे अस्पतालमा सरुवा गर्ने बताएका छन । त्यो भए बिकास समितिका कर्मचारीमा कामगर्नमनोबल बढने बताएका छन ।एकैठाउमा बस्दा उनीहरुकामनर्गने परिपाटी श्रृजना भएको बताएका छन ।












