अमेरिकी रक्षामन्त्री भन्छन् : सिरीयामाजस्तै अफगानस्तानबाट अमेरिकी सेना फिर्ता जाँदैन

प्रकाशित मिति:

काठमाडौं – विगत झण्डै १८ वर्ष देखि तालिवानसँग लड्दै आएको अमेरिका अफगानिस्तानबाट तत्काल फिर्ता नहुने देखिएको छ । अफगानस्तानबाट अहिले अमेरिकी सैनिक फर्किहाल्ने अवस्था नरहेको अमेरिकी रक्षामन्त्रीले बताउनु भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अमेरिकी सैनिक सिरियाबाट जस्तो अफगानिस्तानबाट फर्किने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सिरियाबाट जस्तो अफगानिस्तानबाट पनि अमेरिका फर्किनसक्ने शंका व्यक्त गर्न भइरहेको बेला अमेरिकी रक्षा मन्त्री एस्परले भनेका छन्, ‘तालिवान समस्यालाई समाधान नगरी अफगानिस्तानबाट अमेरिका फर्किने छैन ।’

रक्षामन्त्री एस्परले अमेरिकाले अफगानी नागरिकसँग अफगानिस्तानमा स्थायी शान्ति र स्थायित्व कायम नहुँदासम्म सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । अफगानस्तानमा शान्ति नहुँदासम्म अमेरिका अफगानिस्तानबाट यत्तिकै फर्किने सम्भावना नभएको जानकारी दिएका हुन् । अमेरिकाले अफगानिस्तानमा सन् २००१ देखि सैनिक तालिम, हतियारलगायतका आवश्यक सहायता उपलब्ध गराउँदै आएको छ । अलकायदका ओसामा विन लादेनले अमेरिकामाथि २००१ सेप्टेम्बर ११ मा ट्रेड टावरमा आक्रमण गरेपछि अमेरिकाले कारबाही गर्न थालेको हो । तालिबान अफगानस्तानलाई मुस्लिम देश बनाउन चाहान्छ तर अमेरिका, भारत, इजरायल लगायतका देशहरुलाई यो कुरा मन्जुर छैन ।