बुद्ध सामुदायिक टेलिभिजन ११ वर्षमा प्रवेश,,वार्षिकउत्सवको अवसरमा आजबाट विभिद कार्यक्रम शुरु
शान्तिका लागि सञ्चार अभिायनद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले आजदेखि १० औं बर्ष पूरा गरि ११ औं बर्षमा प्रवेश गरेको छ । टेलिभिजनले प्रत्येक बर्ष कृष्ण जन्माष्टिका दिन बार्षिकउत्सव कार्यक्रम मनाईदै आएको छ । २०६५ साल भदौ २८ गते कृष्ण जन्माष्टिको दिनदेखि बुद्ध सामुदायिक टेलिभिजन नियमित प्रशारणमा आएको थियो ।सञ्चारमा मोफसलको राजधानीको रुपमा परिचित बुटवलमा स्थापित टेलिभिजनले ११ औं बर्ष पूरा गरेसँगै डिजिटल प्रविधिबाट प्रशारण गरेको छ । अहिले टेलिभिजन २४ सै घण्टा देशभर प्रसारण भैरहहेको छ । एक दशकको यात्रामा बुद्ध टेलिभिजन समुदायको सच्चा सहयात्री बन्न सकेको टेलिभिजनका अध्यक्ष पृथ्वी फौदारले बताउनुभएको छ । उहाँले बुद्ध टेलिभिजनलाई पाच नम्बर प्रदेशको एक नम्बर टेलिभिजनको रुपमा स्थापित गराउने प्रतिबद्धता जनाउनुभयो ।
११ औं बर्ष प्रवेशसँगै टेलिभिजनले सप्ताहव्यापी कार्यक्रम शुभारम्भ गरिएको टेलिभिजनका कार्यकारी अधिकृत विष्णु प्रसाद भुसालले बताउनुभयो । आज बार्षिक उत्सव उद्घाटन कार्यक्रम टेलिभिजन प्राङगणमा राखिएको छ । टेलिभिजनले अन्तरक्रिया, छात्रबृत्ति वितरण कार्यक्रम राखेको छ । बार्षिक उत्सव समापन तथा तिज गीत प्रतियोगिता, श्रष्टा सम्मान कार्यक्रम भदौ २३ गते राखिएको कार्यकारी अधिकृत भुसालले बताउनुभयो । भदौ २३ गतेको मूल समारोह पूर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । टेिलभिजनले बार्षिक उत्सवको अवसरमा सम्पूर्ण दर्शक,शुभचिन्तक ,बिज्ञापनदाता सबैलाइ शुभकामना सहित हार्दिक आभार व्यक्त गरेको छ ।










