एसिया कप छनोट : नेपालको अर्को जित

प्रकाशित मिति:

एसिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २९ औं ओभरमा ६ विकेट गुमाउँदै प्राप्त गरेको हो । नेपालका लागि अनिल शाहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए ।

नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३(३ विकेट लिए। सिंगापुरका चेतन सूर्यवंशीले ६० रन जोडेका थिए।

प्रतियोगिताको सुरुआती दुई खेलमा ओमान र यूएईसँग पराजित नेपालले शनिबार मलेसियालाई हराउँदै पहिलो जित दर्ता गरेको थियो। ओमान ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ भने हङकङ र यूएईले २–२ जित दर्ता गरेका छन्।