नेविसंघ स्याङ्जा काठमाण्डौ समितिले माग्यो उमेर र कार्यदिशा

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल स्याङ्जा—१७ भदौ\ नेपाल विद्यार्थी संघमा आगामी महाधिवेसन छिटो गर्नु पर्ने र उमेदरको हदवन्दी छुट्टाउनु पर्ने माग अगाडी सारिरहेका बेला नेविसंघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितिले पनि सो मुद्धालाई समर्थन गर्दै माग गरेका छन् । सम्पर्क समितिको शनिवार बसेको बैठकले नेविसंघको महाधिवेसनको अन्योलता, आगामी कार्यदिशा र उमेदरको हदबन्दीमा नेतृत्व मौन बसेको भन्दै यसबारेमा छिटो टुङ्गाउन माग गरेको हो । पद्यमाकन्या कलेजमा बसेको समितिले विद्यार्थीहरुको शैक्षिक, आर्थिक, स्वास्थ्य र व्याक्तिगत जिन्दगीमा आईपर्ने समस्याका लागि सबै विद्यार्थी एकजुट हुनुपर्ने बेला आएको सम्पर्क समितिका सभापति ई.दिपेन्द्र क्षेत्रीले बताए ।
नेविसंघको संगठन विस्तार सगै नेतृत्व विद्यार्थी कार्यकर्ता सगँ अन्तरक्रिया गरी विद्यार्थीहरुको समस्या पहिचानमा जोड दिनुपर्ने विषयमा छलफल गरिएको बताइएको छ । संगठनको समयमै अधिवेसन नहुँदा अन्योलता छाएको प्रति समितिले केन्द्रिय समितिलाई छिटो भन्दा छिटो केन्द्रिय महाधिवेसनको मिति तय गर्न आग्रह गरेको छ । बैठकमा सम्पर्क समितिका निवर्तमान सभापति दिपक न्यौपाने, सल्लाहकार सागर गुरुङ, कमल अर्याल, सचिव विक्रम तिवारी, दिपेनद्र लामिछाने, अमृत वस्ती, चापाकोट नगर सभापति महेश डोटेल लगायतले स्याङ्जाली विद्यार्थीहरुको लागि समस्यामा जहिले पनि समिति अग्रपंतिमा रहेको बताएका थिए । सोही बैठकले विमल गैह्रे, विष्णु गैह्रे, माधव भण्डारी, नारायण अधिकारी, गोपि भण्डारी र समिक्षा अधिकारीलाई कार्य समितिमा मनोनित गरेको छ ।
स्याङ्जा काठमाण्डौ सम्पर्क समिति स्थापना गरेपछि अध्ययनका लागि स्याङ्जाबाट काठमाण्डौं जाने लोकतान्त्रिक विद्यार्थीका लागि सहज मात्रै अन्य विचार बोकेका विद्यार्थीहरुलाई समेत टेवा पुगेको छ ।