र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा, युट्युबबाट गीत हट्यो

प्रकाशित मिति:

काठमाडौं – चर्चित र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।

पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।