काठमाडौं – सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णय अनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ । तिथि अनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको हो ।
सरकारले पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र विदा दिएको थियो । नेवाः समुदायले आफूहरुको भाइटीका (किजापूजा) कात्तिक १३ मा विदा दिन माग गरेका थिए । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।










