इंग्लिस प्रिमियर लिग फुटबलः ब्राइटनसँग हार्‍यो एभर्टन

प्रकाशित मिति:

एजेन्सी –इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा ब्राइटनले एभर्टनलाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा खेलको इन्जुरी समयमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि ब्राइटनले ३(२ को जित निकालेको हो ।त्यसअघि खेलको १५ औं मिनेटमा पास्कल ग्रोसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर, खेलको २० औं मिनेटमा आडम वेब्सटरले आत्मघाती गोल गरेपछि एभर्टन खेलमा फर्किएको थियो ।

पहिलो हाफ १(१ गोलको बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई २(१ को अग्रता दिलाए । तर, ८० औं मिनेटमा नेअल मौपभले गोल गर्दै घरेलु टोलीलाई २(२ गोलको बराबरीमा ल्याएका थिए ।जितसँगै ब्राइटनले १० खेलबाट १२ अंक जोडेको छ । ब्राइटन लिगको १२ औं स्थानमा रहेको छ । १० खेलमा १० अंक जोडेर एभर्टन १६ औं स्थानमा रहेको छ ।लिग अन्तर्गत नै वेष्ट ह्यामले सेफिल्ड युनाइटेडसँग १(१ गोलको बराबरी खेलेको छ । अर्को खेलमा वाट्फोर्डले एफसी बर्नेमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।