बर्दिया – आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ५२ वर्षीय समला दरैको हत्या गरेको अभियोगमा बाँसगढी नगरपालिका ६ बस्ने ५० वर्षीया दिलमाया दरैलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
दिलमायाले आफ्नै श्रीमानको हत्या गरी फरार भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बाँके खजुरा गाँउपालिक ७ गुनाना भन्ने स्थानमा फेला पारी पक्राउ गरेको हो । दिलमायाविरुद्ध कर्तव्य ज्यान मुद्धामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय वर्दियाले जनाएको छ ।









