प्रधानमन्त्री आउँदा जहाज रोकिएपछि एयरपोर्टमै विरोधमा उत्रिए यात्रु

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा भएको असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिएर फर्किएका छन्। उनी कतारको दोहा हुँदै आइतबार बिहान त्रिभुवन विमानस्थलमा उत्रिने क्रममा सर्वसाधरण सवार अन्य जहाज होल्ड गरिएपछि यात्रु प्रतिकारमा उत्रिएका छन्। ओली काठमाडौं फर्किने क्रममा त्रिभुवन विमानस्थलमा अन्य जहाज एक घण्टा भन्दा धेरै होल्ड भएका थिए। त्यसक्रममा रोकिएका यात्रुले प्रतिवाद गरेका हुन्।

विमानस्थलमै रोकिएका जहाजका यात्रुले ओर्लिएर विरोध जनाएका हुन्। श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं बाहिर जान लागेका यात्रुले विरोध जनाएपछि सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको थियो। विमानस्थलको धावनमार्गमै झरेर विरोधमा उत्रिएका यात्रुलाई रोक्न सुरक्षाकर्मी परिचालन गरियो। त्यसक्रममा प्रधानमन्त्रीको स्वागतमा बसेका मन्त्रीहरुसमेत अलमलमा परेका थिए।