ट्रम्पले गरे ह्वाइट हाउसमा दीपावली

प्रकाशित मिति:

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार ह्वाइट हाउसमा दीपावली मनाएका छन् । तिहार अर्थात दीपावली हिन्दुहरुको चाड भएपनि ह्वाइट हाउसमा दीपावली गरिन्छ । अमेरिकामा रहेका भारतीय मूलका अमेरिकी नागरिकहरूसँग मिलेर ट्रम्पले दीपावली गरेका हुन् । उनले सो भिडियो आफ्नो ट्विटर अकाउन्टमा शेयर गरेका छन् ।मैनबत्ती बालेर दीपावलीको शुभकामना साटासाट गरको भिडियो शेयर गर्दैै उनले ट्वीटरमा लेखेका छन् ‘ म र मेलानियाको तर्फबाट दीपावलीको सबैमा शुभकामना, हामी दीपावली मनाउँछौंँ ।’