गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का साप्ताहिक गतिविधीका सारंश
गैरआवासीय नेपाली संघको गत १९ अक्टोबर तारिखमा सम्पन्न नव निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेका निर्णय अनुसार हामीले काम सुरु गरिसकेका छौँ । हाम्रा दैनिक गतिविधीबारे काठमाडौस्थित संघको सचिवालयमार्फत जानकारी गराइरहेका छौँ । पछिल्लो एक सातायता भएका महत्वपूर्ण गतिविधीको सारांश निम्नानुसार छ।१ भिजिट नेपाल २०२० लाई सफल बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा नेपाल सरकारसँग एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । २ पुर्वाधार विकासका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अन्तर्गत अध्यक्ष कुमार पन्त सहितको प्रतिनिधि मण्डलले नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसँग छलफल गरेको छ ।३ लाप्राक परियोजना सम्बन्धमा अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीबीच छलफल भएको छ ।४ संसदमा विचाराधिन गैरआवासीय नेपाली नागरिकताबारे राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठसँग छलफल गरिएको छ ।५ गैरआवासीय नेपाली ऐन २०६४ तथा नियामावली २०६६ लाई पुनरावलोकन गर्ने बारे कानून आयोगका अध्यक्षसँग छलफल भएको छ।
६ स्वतन्त्र लेखा परिक्षकमार्फत संघको आर्थिक प्रतिवेदन तयार गर्ने र आगामी २ वर्षको वित्तिय योजना र बजेट तयारीका सम्बन्धमा गृहकार्य सुरु भएको छ ।७ गैरआवासीय नेपाली संघ र नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर सहितको प्रतिनिधिमण्डलबीचको छलफलका क्रममा विप्रेषण बापत प्राप्त हुने रकमको केही अंश श्रमिक कल्याणकारी कोषमा सहयोग गर्ने सम्बन्धमा बैंक सकारात्मक भएको छ ।८ स्मार्ट एनआरएनए बनाउने एजेण्डामा संघका महत्वपूर्ण दस्तावेजहरु अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरुको पहुचमा हुने गरि क्जबचभएयष्लत मा राखि सकिएको छ, भने वेभसाइटलाई नयाँ किसिमले व्यवस्थित गर्ने काम थालनी भएकोछ।९ सचिवालय व्यवस्थापनका लागि मानव संसाधन सल्लाहकार ९जगmबल चभकयगचअभ अयलकगतिबलत० सँग परामर्श सुरु गरिएको छ ।१० दोश्रो गैरआवासीय नेपाली विज्ञ सम्मेलनका तयारीका सम्बन्धमा प्रारम्भिक छलफल सुरु गरिएको छ।११ गैरआवासीय नेपाली संघ र नेपाल उद्योग परिसंघबीच एक सहमतीपत्रमा हस्ताक्षर गरिएको छ । १२ मनोनित आइसीसी सदस्य, मानार्थ परिषद, समिति र कार्यदल गठनको गृहकार्य सुरु भएको छ । हेमराज शर्मा महासचीव












