न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित

प्रकाशित मिति:

यही अक्टोबर २८ का दिन न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित भएको छ । वार्षिक कार्यक्रम अन्तर्गत न्युयोर्क शहरको विविधताको सम्मान गर्दै दिपावली पर्वको अवसरमा तामाङ समाज अमेरिकालाई कम्पट्रोलर स्कट स्ट्रिन्जरले सम्मान गरेका थिए। न्युयोर्क सिटी कम्पट्रोलरबाट यो उच्च स्तरको सम्मान पाउनेहरुमा तामाङ समाज अमेरिका तेश्रो नेपाली संस्था हो। न्युयोर्क सिटी कम्पट्रोलरले प्रदान गर्ने यो सम्मान क्रमशस् २०१७ र २०१८ मा नेपाल आदिवासी जनजाति महसंघ अमेरिका फिप्ना र अधिकारले प्राप्त गर्न सफल भएको थियो ।

दक्षिण एसियालीमुलका समुदायको बृहत उपस्थितिमा तामाङ समाज अमेरिकाको महासचिव विनिता तामाङले संस्थाको तर्फबाट सो सम्मान ग्रहण गरेकी थिइन्। तामाङ समाज अमेरिकाले नेपाली समुदाय माझ निर्वाह गरेको सामुदायिक जिम्मेवारीको न्युयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिन्जरले खुलेर प्रशंसा गरेका थिए। त्यसै गरेर तामाङ समाज अमेरिकाको महासचिव विनिता तामाङले यो सम्मानबाट तामाङ समाज अमेरिकाको जिम्मेवारी अझै बढेको र न्युयोर्क शहरलाई गर्व गर्न लायकको शहर बनाउने अभियानमा संस्थाले अहम भूमिका निर्वाह गर्ने बताएकी थिइन् ।