काठमाडौंको साँखुमा बस दुर्घटना, ३ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। आमा हेल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका यात्रीको सनाखत भने हुने क्रममा रहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखु फेदीको जङ्गलमा बिहीबार सो बस दुर्घटना भएको हो। घाइतेहरुको उद्धार जारी रहेको अन्य कति घाइते भए भन्ने यकिन तथ्यांक आउन बाँकी छ। उद्धार गरिएका यात्रीलाई थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।