प्रदेश प्रमुख कोइरालाद्धारा दुई विधेयक प्रमाणीकरण

प्रकाशित मिति:

हेटौँडा – प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाबाट केही हप्ताअघि पारित भई आएका दुई विधयेक आज प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा २०१९२० बमोजिम उहाँले सूचना हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र सार्वजनिक निजी सहकारी तथा साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताउनुभयो । ती दुवै विधेयकलाई प्रमाणीकरणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रमुख सचिवालयमा आजै दर्ता गराएको थियो । –रासस