पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा निकालियो

प्रकाशित मिति:

पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा भगवतीको रथयात्रा आज पाल्पामा निकालिएको छ । नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशियालीमा मंगलबार पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा निकालिएको हो ।
तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकालिएको रणउजेश्वरी भगवती गुठी सञ्चालकहरुले जनाएका छन् ।
नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती जात्रा रथ यात्रा निकालिएको हो । यसलाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ ।

भगवतीको मन्दिरबाट शुभसाइतमा निकालिएको भगवती जात्रा ९रथ यात्रा० लाई शीत्तलपाटीको मूलढोका बाहिर निकालेपछि सरकारको तर्फबाट पूजा गरी बलि दिइने प्रचलन छ ।
पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आएको छ ।

दुईपटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा निकालिँदै आइएको छ । अंग्रेजलाई युद्धमा हराएकाले विजय जात्राका रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ ।

विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा ९रथ यात्रा० लाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिनेछ ।
विजयोत्सव जात्रामा पाल्पाका साथै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत क्षेत्रबाट निकै उत्साहका साथ अवलोकनका निम्ति आउने गरेको पाइन्छ । घर बाहिर रहेका पाल्पालीहरु पनि भगवती जात्राका दिन अनिवार्यरुपमा तानसेन आउने गर्छन् ।
यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको भगवती जात्राको शुभकामना पठाएका छन । उनले बुटवलबाट प्रवेश गरी पाल्पा कब्जा गर्ने अंग्रेज आक्रमणकारीको दुस्साहलाई परास्त्र गर्ने नेपाली सेनाका अमर योद्धा उजीरसिंह थापाको नेतृत्वमा हासिल गरिएको विजयको खुसीयाली खुसीयालीमा यो जात्रा सुरु भएकामा पाल्पालीलाई बधाई दिएका छन ।